Logo
Logo
आईसीसी विश्वकप लिग-२

नामिबियासँग नेपाल फेरि पराजित



काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल दुई विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खलेमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा पूरा गर्यो ।पहिलो खेलमा ४ विकेटको हार बेहोरेको नेपाल अफ्रिकी टोली नामिबिया विरुद्ध दोस्रो खेलमा २ विकेटले परास्त भएको हो ।

नामिबियाका लागि कप्तान जेरार्ड इरासमसले ५६ बलमा ८ चौका र २ छक्कासहित ५२ रन बनाए । यस्तै माइकल भ्यान लिङ्गेनले ३४ बलमा ४ चौका र २ छक्कासहित ३१ रन बनाए ।

नेपालले नियमित अन्तरालमा विकेट निकालेपनि अन्त्यमा नेपालको योगफल निकै कम साबित हुन पुग्यो । नेपालले नामिबियाका ओपनर द्वय जेपी कोट्जे र निकोलास डेभिनलाई क्रमस ३ र ८ रनमा आउट गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले तीन विकेट लिए भने दिपेन्द्र सिंह ऐरि, रोहित पौडेल, ललित राजबंशी र कुशल मल्लले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभार १ मा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५८ रनको योगदान दिएका थिए । त्यस्तै कुशल मल्ल ३८ र भीम सार्की २६, कुशल भुर्तेल १८, करण केसीले १२ रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह र देव खनानलले भने खाता खोल्न सकेनन् ।

नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टिइटनले समान चार/चार विकेट लिए भने ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्