Logo
Logo

नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्दै, ४ खेलाडी परिवर्तन



काठमाडौं । क्यानडा र नेपाल ‘ए’ टीमबीचको एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

मुलपानी क्रिकेट मैदानमा क्यानाडाले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । आजको खेलमा सन्दिप जोराले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले ४ जना खेलाडी परिवर्तन गरेको छ ।

यो खेल सिरिजको निर्णायक खेल हो । १–१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ । पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्