Logo
Logo

धरानमा मातृभाषा राष्ट्रिय कविता महोत्सव सम्पन्न 



सुनसरी ।  अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा धरानमा राष्ट्रिय मातृभाषा कविता महोत्सव एको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले विगतमा काठमाडौँमा गर्दै आएको महोत्सव यसपटक सुनसरीको धरानमा गरेको हो । 

उक्त अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलगायतले धरान उपमहानगरपालिका-८  सिरिजङ्गाचोकमा स्थापित लिम्बू भाषा लिपिका प्रवर्तक तथा सहिद सिरिजङ्गाको सालिकमा माल्यार्पण गरेका थिए । 

महोत्सवमा ४४ जना कविले विभिन्न भाषाका कविता सुनाएका थिए । यस्तै प्रतिष्ठानले वर्षेनी दिँदै आएको प्रज्ञा मातृभाषा साहित्य पुरस्कार यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिएको थियो । 

अन्तर्राष्ट्रिय मातृभाषा दिवस भाषा आयोग, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र मातृभाषी साहित्यकर्मीहरूले विभिन्न कार्यक्रम गरी मनाएका थिए

प्रतिक्रिया दिनुहोस्