Logo
Logo

नक्कली नोटसहित बाराबाट एकजना पक्राउ


945
Shares

काठमाडौं । बाराको निजगढ नगरपालिका–९, स्थित बजारमा नक्कली नोट दिई सामान खरिद गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

बारागढी गाउँपालिका–२ दौरवा बस्ने ३४ वर्षीय दीपेन्द्र माझी नक्कली भारतीय नोटसहित निजगढबाट पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनको साथबाट एक हजार दरका दुई थान नोट गरी दुई हजार नक्कली भारतीय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्