Logo
Logo

बालकुमारी घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नेकपा एसको माग


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बालकुमारी बालकुमारी घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न नेकपा एसको माग जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले प्रतिवेदनको थप अध्ययनपछि मात्रै भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने भन्ने विषयमा निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको थियो ।

बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा, मिटरब्याज पीडितका समस्या, सुशासन कायम गर्न पार्टीले निर्वाह गरेको भूमिकालगायत विषयमा छलफल भएको थियो । पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान, पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे पनि बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्