Logo
Logo

सिटिइभिटी दिवसको अवसरमा भोजपुरमा प्रभात फेरी



भोजपुर । सुम्निमा बहु प्राविधिक शिक्षालयले प्राविधिक शिक्षा तथा व्यवसायीक तालीम परिषद् (सिटिइभिटी)को ३६औँ स्थापना दिवसको अवसरमा जिल्ला सदरमुकामस्थित भोजपुर बजारमा प्रभात फेरी सम्पन्न गरेको छ ।

दिवसको अवसरमा बिहीबार शिक्षालयको प्राङ्गणदेखि सुरु भएको प्रभात फेरी कार्यक्रम देउराली चौक, भोजपुर नगरपालिकाको कार्यालय, चयाङमिनि चौक, जिरो प्वाइन्ट, टुँडिखेल, चार भन्ज्याङ चोक हुँदै सुम्निमा बहु प्राविधिक शिक्षालयको प्राङ्गणमा पुगेर मूल समारोहको कार्यक्रममा परिणत भएको थियो ।

विद्यार्थीहरूको हात हातमा प्राविधिक शिक्षा लाई दर्साउने विभिन्न नाराहरूको पोस्टर सहित प्राविधिक शिक्षामा नयाँ पुस्ताहरूलाई आकर्षण गराउने जानकारीमूलक सन्देशहरू सहित ¥याली गरेको सुम्नीमा बहु प्राविधिक शिक्षालय भोजपुरका प्रमुख राजीव ठाकुरले बताए ।

उनले देशको श्रम बजारलाई चाहिने निम्न तथा मध्यम स्तरको जनशक्ति उत्पादनमा सिटिइभिटीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनहरूमा श्रम बजारसँग हातेमालो गरी प्राविधिक शिक्षालाई अगाडि बढाउन पर्ने बताए ।

सीटीइभिटीको ३६औँ वार्षिकोत्सव अन्तरगत फागुन १० गते प्रभात फेरी, फागुन ११ गते शिक्षालय वरिपरि सरसफाइ तथा फागुन १२ गते विभिन्न खेलकुद, अन्य कार्यक्रमहरू आयोजना गरी साँझ दीप प्रज्वलन गरी मनाउने कार्यक्रम रहेको शिक्षालय प्रमुख राजीव कुमार ठाकुरले बताए ।

राजीव कुमार ठाकुरको नेतृत्वमा भएको प्रभात फेरी कार्यक्रममा श्रीराम मिथिला बहु प्राविधिक शिक्षालयको शिक्षालय प्रमुख नवीन चापागाईँ सहित दुई वटै शिक्षालयका प्रशिक्षकहरू, कर्मचारीहरू, सिभिल, वालि विज्ञान, पशु विज्ञान कार्यक्रममा अध्ययनरत करिब ३०० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्