Logo
Logo

कर्मचारी सञ्चय कोषमा जागिर खुल्याे


315
Shares

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले आज (शुक्रबार) सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहसम्म वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक लगायतका पदमा ३० जना कर्मचारी माग गरेको हो ।

कोषले सहायक प्रबन्धकमा १२ जना मागेको छ । जसमध्ये खुलाबाट ७ जना, महिला र आदिवासी जनजातिबाट २–२ जना र मधेसीबाट १ जना नियुक्त हुनेछन् । त्यस्तै, प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना सहायक प्रबन्धक मागिएको छ ।

पाँचौं तहको प्रशासनतर्फ प्रमुख सहायकका लागि १३ जना कर्मचारी मागिएको छ । जसमध्ये ८ जना खुलाबाट, महिला र आदिवासी जनजातिबाट २–२ जना र १ जना मधेसीबाट नियुक्त गरिनेछ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सकिने कोषले सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्