Logo
Logo

सङ्गठित पार्टी सदस्यता नवीकरण गर्न जसपाको सर्कुलर


2.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता नवीकरणको लागि सर्कुलर जारी गरेको छ । पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले प्रदेश तथा जिल्लाबाट आगामी फागुन २० गतेभित्र नवीकरण गराउन सर्कुलर गरिएको हो ।

फागुन २० गतेसम्म नवीकरण गराइ फागुन २५ गतेसम्म रेकर्ड तयार गरी सम्बन्धित तहमा पठाउन सहज हुने भएकोले उक्त समय सीमा निर्धारण गरिएको पार्टीले जनाएको छ ।

जसपाको सङ्गठित सदस्यता शुल्क वार्षिक सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । सदस्यता शुल्कबापतको रकम र रसिद केन्द्रीय कार्यालयमा पठाउन भनिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्