Logo
Logo

विपक्षी सांसदबाट संसद अवरुद्ध, बैठक स्थगित


504
Shares

काठमाडौं । विपक्षी सांसदहरुले प्रतिनिधसभा बैठक अवरुद्ध गरेका छन् ।

नेपाली कांग्रेसका सांसद राजन केसीले संसदमा विधेयक प्रस्तुत गर्ने बेला विपक्षी सांसदहरु सभाबाट बाहिर गएको आरोप लगाएपछि नेकपा एमाले, रास्वपा र राप्रपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।

सांसद केसीले आरोप लगाए लगतै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।

त्यसपछि सत्तारूढ सांसदहरु पनि प्रतिवादमा उत्रिएपछि संसदमा एकछिन हल्लाखल्ला भएको थियो । त्यसपछि प्रतिपक्षी सांसदले उठेर विरोध जनाइरहेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्