Logo
Logo

प्रचण्डले ओलीलाई दिए जन्मदिनको शुभकामना



फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा(एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रवार फोनमार्फत जन्मदिनको शुभकामना दिएका हुन् ।

प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु–स्वास्थ्य तथा दिर्घायूको हार्दिक शुभकामना व्यक्त गरेका छन्’, प्रचण्डको सचिवालयले भनेको छ । ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्