Logo
Logo

शिशु चोरी गर्ने महिला अस्पताल भर्ना



काठमाडौं । थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु चोरी गरेपछि पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छन् । काभ्रेको चौरीदेउराली घर भएकी २२ बर्षीया सविना श्रेष्ठकी २६ दिनकी छोरी चोरी गर्ने दैलेखकी मनकुमारी सिंहलाई पाठेघरबाट रक्तस्राव भएपछि काठमाडौंको केएमसी अस्पताल भर्ना भएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानका लागि नियन्त्रणमा प्रहरी नियन्त्रणमा रहेकी उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

सीसीटिभीबाट लिइएको फुटेज फोटो

अहिले ती महिलामाथि अनुसन्धान भइरहेको छ । तर, ती महिलाको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएकोले अस्पताल पठाएको प्रहरीको भनाइ छ ।

ती महिलाको गर्भपात भएपछि उनले बच्चा चोरी गरेको प्रारम्भिक जानकारी पाएको प्रहरीको भनाइ छ । शिशु चोरी गर्ने ती महिलालाई प्रहरीले शुक्रबार पौने १२ बजे काँडाघारीबाट शिशुसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्दा ती महिलाले आफूले नै बच्चा जन्माएको बताएकी थिइन् । साथै, अनुसन्धान अधिकृतहरुले बयान लिनेक्रममा जंगलमा भटेर ल्याएको बताएकी थिइन् । बच्चा चोरीमा संलग्न भएको आरोपमा सिंहसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्