
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले राजीनामा फिर्ता लिएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका थिए ।
लुम्बिनी प्रदेश कमिटीको कार्यकारिणी बैठकमा इन्चार्ज राजकिशोर यादवले पार्टीका कुनै पनि निर्णय प्रदेश तथा जिल्ला कमिटीको समन्वयमा हुने प्रतिबद्धता जनाएपछि अध्यक्ष अशोक यादवले राजीनामा फिर्ता लिएका हुन् ।
प्रदेश तथा जिल्लाबाट केन्द्रमा भएका विभिन्न नियुक्ति तथा मनोनयनमा प्रदेश तथा जिल्ला कमिटीसँग कुनै समन्वय नभएका कारणले आफूले राजीनामा दिएको बताउँदै उनले इन्चार्ज यादवले अब त्यसो नहुने प्रतिबद्धता जनाएपछि राजीनामा फिर्ता लिएको बताए ।














