काठमाडाैं । लघुवित्त तथा सहकारी पीडितले संसद् भित्र नै आन्दोलन परेका छन् । सोमबार उनीहरू संसद् भवन परिसरमै प्रवेश गरेर आन्दोलन गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा संसद् बैठक चलिरहेका बेला लघुवित्तका ऋणीहरू संसद् भवन भित्र जबरजस्ती परिसरमा पुगेर नाराबाजी गरेका हुन् । केही दिनदेखि लघुवित्त तथा सहकारी पीडितले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।














