Logo
Logo

प्रभु बैंकका डेपुटी सीईओसहित नौ जना पक्राउ


3.3k
Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जनालाई पक्राउ गरेको छ । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन् । सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

सेन्चुरी बैंक हालैमात्र प्रभुमा मर्ज भएको थियो । प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको थियो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो । पक्राउ पर्नेमा सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमलगायत रहेकाे सीआइबी स्रोतले जनाएको छ ।

सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्