Logo
Logo

सिंहदरबार आसपास हिँड्न पनि निषेध


2.6k
Shares

काठमाडौं । प्रहरीले सिंहदरबार आसपास हिँड्न पनि निषेध गरिएको छ । लघुवित्त पीडितहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार वरपरका फुटपाथमा हिँड्न कडाइ गरिएको हो ।

सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन आसपास भने हिँड्न रोक लगाइएको छैन । तर, समूहमा हिँड्न दिइएको छैन । लघुवित्त पीडितको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिने प्रहरी निरीक्षकसहित ३२ जनाको टोलीलाई एकैसाथ जिम्मेवारीबाट हटाएको थियो ।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले सोमबार ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्