
दाङ । सुस्त मनस्थिति भएका १७ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा रोल्पामा एक वृद्ध पक्राउ परेका छन् ।
दाङको सुनिलस्मृति गाउँपालिका–१ घोडा गाउँका ६३ वर्षीय शेरे कामी सुस्त मनस्थिति भएका बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामनारायण गुप्ताले घरमा कोही नभएको मौका छोपी ६३ वर्षीय कामीले ती बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको बताए ।
बालिकाका आमाबुवा बजारमा सामान किन्न गएको समयमा एक्लै घरमा रहेका सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको किटानी जाहेरीपछि कामीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गुप्ताले बताए ।
पानी पिउने बहानामा पुगेका कामीले पानी मागेर खाएपछि बालिकालाई पसलमा खानेकुरा किनिदिने भनी झुक्याएर एकान्तमा पुर्याइ बलात्कार गरेको पीडितको तर्फबाट प्रहरीले उजुरी परेको छ ।
आमा–बुवा बजारमा सामान लिन गएको र बहिनीपछि बुवाआमाको सामान बोकेर ल्याउन भनी घरबाट गएको समयमा राति बालिकालाई एकान्तमा लगेर बलात्कार गरेको भन्ने खुलेको प्रहरी अधिकारीहरूले बताएका छन् ।
घटना राति साढे ९ बजे रातिको हो । उजुरीपछि आरोपितलाई पक्राउ गरी ‘जबरजस्ती करणी’ शीर्षकमा मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














