Logo
Logo

वहाकी माविमा माधवप्रसाद भट्टराई स्मृति अक्षयकोष स्थापना


21.9k
Shares

पर्वत । लामो समय शिक्षण पेसामा विताएका स्वर्गीय शिक्षक माधावप्रसाद भट्टराईको स्मृतिमा कोष स्थापना भएको छ ।
श्री वहाकी माध्यमिक विद्यालय, विहादी–४ चिलाउनेखर्क पर्वतको ६५औँ वार्षिकोत्सव तथा ५३औँ अभिभावक दिवसको अवसरमा भट्टराईको स्मृतिमा एकलाख रुपैयाँको अक्षयकोष स्थापना भएको विद्यालयका प्रध्यानाध्यापक जुक्तबहादुर विश्वकर्माले बताए ।

विश्वकर्माका अनुसार लामोसमय वहाकी माविमा सेवा गरी दिवंगत भएका शिक्षक माधवप्रसाद भट्टराईको धर्मपत्नी पेमाकुमारी भट्टराई एवम उनका छोराहरु कमलप्रसाद भट्टराई, लक्ष्मण भट्टराई, नीलकण्ड भट्टराई, बुहारीहरू भगवती भट्टराइ, पुष्पा भट्टराइ र सविता भट्टराईले ‘स्वर्गीय माधव प्रसाद भट्टराई स्मृति अक्षयकोष’ स्थापना गरिदिएका हुन् ।

विद्यालयलाई थप उचाइमा पुर्याउने उद्देश्य अनरुप अक्षय कोष स्थापना गरिदिएको भन्दै प्रध्यानाध्यापक विश्वकर्माले भट्टराईलाई हार्दिक धन्यवाद, बधाई तथा सम्मान व्यक्त गरेका छन् । अक्षयकोष स्थापनाको सन्दर्भमा विहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङ, उपाध्यक्ष मिना तिवारी लगाएत विभिन्न सामाजिक व्यक्तित्वहरु सहभागी भएका थिए ।

विहादी गाउँपालिका–६ शालिग्राम स्थित हनुमान डाँडामा जन्मेका स्वर्गीय भट्टराई शिक्षण पेसा सँगै सामाजिक कामहरुमा समेत सक्रिय थिए । उनले समाजको बेथिति र बिकृति विरुद्ध सर्वसाधारणलाई सचेत गराउँदै आएका थिए ।

वि.स २००२ सालमा जन्मेका भट्टराईको २०७७ जेष्ठ १७ गते निधन भएको थियो । उनले वहाकी माविमा मात्रै ३५ वर्ष सेवा गरेको छोरा नीलकण्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्