Logo
Logo

कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै जनार्दन शर्माको फरक मत


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले स्थायी समिति बैठकमा फरक मत राखेका छन् । नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले फरक मत राखेको बताए ।

गत विधान अधिवेशनमा पदाधिकारीको निर्वाचनबारे वकालत गरेकोले कार्य विभाजनमा नसमेटेको, जिम्मेवारी विहीन बनाइएको नेता शर्माको आरोप छ । अधिवेशनमा अध्यक्षसहित सबै पदाधिकारी पनि निर्वाचित भएर आउनुपर्ने प्रस्ताव राखेका थिए ।

त्यस्तै, सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई इन्चार्ज बनाइएकोमा पनि उनले असहमति जनाएका छन् ।

बुधबार स्थायी समिति बैठकबाट बाहिरिँदै नेता शर्माले भने, ‘कार्य विभाजनमा आफ्नो तर्फमा निर्णयमा केही असहमति दर्ज गरेको छु । कार्य विभाजन जसरी गरियो त्यो सही भएन । पार्टी निर्माणलाई उद्देश्यर राखेर होइन विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्य विभाजन गरियो ।’ उनले आफू लगायतका नेतालाई जिम्मेवारीविहीन बनाएको भन्दै असन्तुष्टि जनाए ।

प्रतिक्रिया दिनुहोस्