काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति सदस्य खगराज भट्टलाई जिम्मेवारीविहीन बनाएको छ । पार्टीको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको हो ।
माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । तर, प्रदेश समितिले त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

बुधबार बसेको स्थायी समिति बैठकले भट्टलाई दलको नेताबाट हटाउन संसदीय दलका बहुमत सदस्यले सहमति जनाएको छ । साथै, भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ ।
तर, पार्टीका उक्त निर्णयमा उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन् । नेता शर्माले बैठकमा पार्टीको निर्णयप्रति लिखित रुपमै असहमति जनाएका हुन् ।














