Logo
Logo

गठबन्धन खरानीको डल्लो हो, सुके पनि फुटछ, भिजे पनि फुट्छ : ओली


819
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन जुनसुकै बेला पनि फुट्ने बताएका छन् ।

आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्ता गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो सुके पनि फुट्ने र भिजे भने पनि फुट्ने टिप्पणी गरेका हुने ।

ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर गरे। उनले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको दावी गरे। काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेसँग बहुमत छैन। हामी प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव गठबन्धनको सुनिराखेको छैन गठबन्धन खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने, प्रतिगमनका लागि ? काँग्रेस जनपक्षीय, प्रगतिशील हुनुपर्नेमा पछाडि फर्कन खोजिराखेको छ ।’

अध्यक्ष ओलीले काँग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनै पनि ठाउँ नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्