Logo
Logo

टिकटक पुरै बन्द गर्न सकेनौँ : सञ्चारमन्त्री


1.1k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा ‘ब्यान्डविथ’को प्लेटफर्म नहुँदा टिकटक बन्द गर्न सरकार असफल भएको बताएकी छन् ।

मन्त्री शर्माले बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा भनिन्, ‘टिकटक बन्द गर्ने भनेर सरकारले निर्णय त ग¥यो तर हामीले पुरै बन्द गर्न सकेनौँ नि त । किनकि हामीसँग त्यो खालको प्रविधि रहेनछ ।’

‘अनलाइनमा महिला सुरक्षा’ विषयक कार्यक्रममा बोल्दै उनले इन्टरनेटको दुरुपयोगबाट महिलाले असुरक्षा र हिंसा भोग्नुपरेको धारणा राखिन् । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म नेपालमा प्रयोग हुन्छन् तर त्यसको नियमन गर्न नसकिने हुँदा असुरक्षा पैदा भएको उनको भनाइ छ ।

‘इन्टरनेटको प्रयोगबाट धेरै फाइदा लिन सक्छौँ । अझ जति प्रयोग गर्नुपर्ने हो । त्यति प्रयोग गर्न सकेको छैनौँ’ मन्त्री शर्माले भनिन्, ‘तर, यसको दुरुपयोगबाट महिलाहरूले असुरक्षा तथा हिंसा भोग्नुपरेको छ । संसारभरि चल्ने सबै डिजिटल प्लेटफर्म हामी प्रयोग त गर्छौँ । तर त्यसलाई नियमन गर्ने स्थिति छैन ।’

प्रतिक्रिया दिनुहोस्