Logo
Logo

बालिका बलात्कार गर्ने ६० वर्षीय आशाराम पक्राउ


1k
Shares

काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्िरहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्