Logo
Logo

हाजिर जमानीमा लघुवित्तका ऋणीहरु रिहा


567
Shares

काठमाडौं । संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरु रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु १४ फागुनमा संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए ।

प्रहरीले ४८ महिला र एक पुरुषलाई पक्राउ गरेको थियो भने स्थानीय प्रशासनले शान्ति सुरक्षामा खलल पुर्याएको अभियोगमा अनुसन्धानका लागि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्