Logo
Logo
वाफ वुमन्स च्याम्पियनसिप

नेपाल पेनाल्टीमा चुक्यो, जोर्डन छैटौँपटक च्याम्पियन



काठमाडौं । नेपाल वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ । साउदी अरेबियामा बिहीबार राति सम्पन्न आठौं संस्करणको वाफ च्याम्पियनसिप फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित भएपछि नेपालले र उपविजेतामै चित्त बुझाउनु परेको हो ।

जेद्दाहस्थित प्रिन्स अब्दुलल्ह अल–फैसल स्पोर्ट्स सिटी मैदानमा भएको फाइनल खेल निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो ।

पेनाल्टीसुटआउटमा जोर्डनले प्रहार गरेका पाँचै पेनाल्टी नेपाली गोल किपरले रक्षा गर्न सकेन । नेपालका लागि गीता राना, दीपा शाही र हिरा कुमारी भुजेलले गोल गर्दा अमृता जैशी चुकिन् । अमृताको पेनाल्टी जोर्डनी किपरले बचाए । जोर्डनले छैटौँपटक वाफ च्याम्पियनसिप उपाधि जितेको हो ।

खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । उनले भनिन्, ‘हामीले ९० मिनेटमा फाइट ग¥यौँ, राम्रो ग¥यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस ग¥यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’

नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।

नेपालले सुरुमा अग्रता लिएको र पछि पर्दा पनि अन्तिम सममया गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पु¥याएको थियो । पेनाल्टीमा भने नेपाल भाग्यमानी बन्न सकेन ।

पहिलो रोजाईँमा खेलेकी सविताले आफूलाई प्रमाणित गर्दै २९औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलले दिएको क्रस जोर्डनी खेलाडीले रोक्ने प्रयास गरेपनि सफल नहुँदा बक्स बाहिर सविता बल पाइन् र त्यसमा उनले सिधा प्रहार गर्दा जोर्डनी खेलाडीलाई लाग्दै गोलमा परिणत भयो ।

७३औं मिनेटमा लाना फेरासले जोर्डनको लागि बराबरी गोल गरिन् । ७५औं मिनेटमा जोर्डनले अर्को गोल गरेपनि सहायक रेफ्रीले अफसाइड झण्डा उठाएपछि नेपालको संकट टरेको थियो ।

८९औं मिनेटमा साराह अबु शाबाहले गोल गरेपछि जोर्डनले २–१ को अग्रता लियो । जोर्डन जित नजिक पगेको थियो । तर, इन्जुरी टाइमको पहिलो मिनेटमा जोर्डनी खेलाडीले बक्समा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पायो । त्यसमा गीता रानाले गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याइन् ।

९० मिनेटपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । निर्धारित समयमा कडा फाइट गरेपनि पेनाल्टीसुटआउटमा नेपालले पराजित भयो । नेपालले महिला फुटबलमा फाइनलमा पराजित भएको यो ११औं पटक हो ।

यसअघि नेपालले विभिन्न प्रतियोगितामा गरी १० पटक फाइनल पुगेपनि उपविजेतामै सिमित भएको थियो । जसमा नेपाल साफ महिला च्याम्पियनसिपमा ५ पटक फाइनल खेल्दा पाँचैपटक उपविजेता बनेको थियो भने दक्षिण एसियाली खेलकुद (साग)मा पनि तीनपटक फाइनलमा पुगेर पनि पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्