Logo
Logo

टी-२० सिरिज : आज नामिबियासँग भिड्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

जारी श्रृंखलामा नेपाललाई आज जित्नै पर्ने दवाव छ । यसअघि नेपालले पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा बुधबार नेदरल्याण्डविरुद्ध २ रनको हार बेहोरेको थियो ।

दुई खेलमै पराजित भएको नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्छ । नेदरल्याण्डसँगको खेलमा फिनिसिङमा चुक्दा पराजित हुनुपर्यो । आज नामिवियासँग पराजित भए नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।

नामिबिया नेपाललाई हराउँदै एक खेलअघि नै फाइनलको यात्रा गर्ने योजनामा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध ५९ रनको पराजित भयो । नेदरल्याण्डसँग हारेको नामिविया आफनो लय कायम राख्ने कोशिसमा हुनेछ । टी–२० त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबियासँगै नेदरल्याण्ड सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्