Logo
Logo

कीर्तिपुर बजारमा अस्थायी प्रहरी चौकी स्थापना



काठमाडौं । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ स्थित किर्तिपुर बजारमा रहेको सामुदायिक भवनमा अस्थायी प्रहरी पोष्ट किर्तिपुरको स्थापना भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–७ का वडा अध्यक्ष उद्धव बस्नेतको अध्यक्षता, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन प्रसाद तुम्बापोको प्रमुख आतिथ्य, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको विशिष्ट आतिथ्यमा पन्चे बाजा सहित अन्दाजी १५० जनाको उपस्थितमा अस्थायी प्रहरी पोष्ट किर्तिपुरको उद्घाटन गरिएको हो ।

प्रहरी सहायक निरीक्षक रामदेव मेहताको कमाण्डमा ५ जनाको टोली खटाई अस्थायी प्रहरी पोष्ट किर्तिपुरको स्थापना गरी सेवा सुभारम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस्