Logo
Logo

मोरङमा ट्रक, बस र बलेरो ठोक्कियो, दुईजनाको मृत्यु


1k
Shares

मोरङ । मोरङको बेलबारीमा तीनवटा सवारी साधन ठोक्किए दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । शुक्रबार बिहान पूर्व(पश्चिम लोकमार्गको बेलबारी नगरपालिका–१ मा टिपर, बस र बलेरो ठोक्किएर दुर्घटना हुँदा बोलेरोमा सवार दुई जनाको मृत्यु भएको हो । तीन जना गम्भीर घाइते हुन् ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिएको थियो । बसलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको टिपरले मे१ज २८५६ नम्बरको बोलेरोलाई ठक्कर दियो ।

दुर्घटनामा बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५१ वर्षीय यदुकान्त भट्टराई र पहिचान नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरोमा सवार झापाको कमल गाउँपालिका–२ का ५५ वर्षीय हरि खनाल, ५० वर्षीया गायत्री भट्टराई र पहिचान नखुलेका अन्दाजी ४० वर्षीया पुरुष गम्भीर घाइते छन् । उनीहरुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
घटनास्थलबाट ५ जना घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगर पठाएको थियो । घाइतेमध्ये २ जनाको बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर बोलेरो जीप पूर्णरूपले क्षतिग्रस्त भएको छ । टिपरको अगाडिको भागमा क्षति पुगेको छ । बसको भने पछाडिको भागमा सामान्य क्षति भएको प्रहरीले जनाएएको छ । प्रहरीले टिपर र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २३ वर्षीय चन्द्रबहादुर विक तथा बस र चालक सुन्दरहरैंचा–१२ का ४५ वर्षीय छत्रकुमार मास्केलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्