Logo
Logo

नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै



काठमाडौं । जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालले आज तेस्रो खेल नामिबियासँग खेल्दैछ । कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।

नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेल जित्न आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्