Logo
Logo

एकीकृत समाजवादी निकट सरकारी कर्मचारी संगठनद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ ।

सो संगठनका सहअध्यक्ष शरणकुमार गुरुङको नेतृत्वमा गृहमन्त्री श्रेष्ठलाई भेटि मुलुकका विभिन्न स्थानमा राष्ट्रसेवक कर्मचारी माथि भैइरहेको भौतिक आक्रमणको बिरोध गर्दै दोषीलाई कार्वाहीको दायरामा ल्याउन प्रचलित कानुन अपर्याप्त भएको हुँदा यस्ता घटनामा संलग्नलाई फौजदारी अपराधमा समावेश गरि कानुनको दायरामा ल्याउन कानुन निर्माणको समेत माग गरेको छ ।

संगठनले यहि फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि भएको सांघातिक हमला र फागुन १६ गते बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालमाथि भएको आक्रमणको भत्र्सना गर्दै अपराधीलाई कार्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । सो कार्यक्रममा एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष सीता गुरुङ, सचिव भुन कुँवर र प्रतीक तामाङ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्