Logo
Logo

२१ गते संसदमा उपस्थित भएर विपक्षी दललाई जवाफ दिन सरकारलाई रुलिङ


819
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबार बसेको बैठकको सुरुमै राप्रपा, एमालेलगायत विपक्षी दलका सांसदले सरकार जवाफदेही भएन, सरकार हरायो, सभामुखले पटकपटक रुलिङ गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै सभामा विरोध जनाएपछि सभामुख घिमिरेले आगामी बैठक (२१ फागुन)मा सदनमा उपस्थित भएर जवाफ दिन निर्देशन दिएका हुन् । ।

सभामुखको रुलिङसँगै संसदको अवरोध हटेको छ । विपक्षी दलहरुले ६ फागुनयता बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका विषयमा सरकारको जवाफ माग्दै आएका छन् ।

१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, आज शुक्रबारको बैठकमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएपछि विपक्षी सांसद आक्रोशित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्