Logo
Logo

काठमाडौंमा महानगरको आतंक चलेको छ : प्रभु साह


504
Shares

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यस्तो टिप्पणी गरेका हुन् । 

काठामाडौं महानगरपालिकाका मेयर बालेन शाहतर्फ संकेत गर्दै साहले भने, ‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरू कुटिन्छन् । कवाडी व्यवसायीहरूमाथि डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतङ्कित बनाइएको छ । महानगरपालिकामाथि कानून लाग्छ कि लाग्दैन ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस् भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाडी व्यवसायीहरू महानगरबाट आतङ्कित छन् । उनीहरू असुरक्षित छन् । उनीहरू त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’ 

उनले कवाडी व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति गर्नको लागि गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराए । कसैलाई पनि गैर कानुनी ढङ्गले आफ्नो पेसा तथा व्यवसायबाट वञ्चित गर्न नमिल्ने साहको तर्क छ ।  

प्रतिक्रिया दिनुहोस्