Logo
Logo

साफ यु-१६ महिला च्याम्पियनसिपमा आज बंगलादेशको सामना गर्दै नेपाल



काठमाडौं । साफ यु–१६ महिला च्याम्पियनसिपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

राउन्ड रोविनमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतले भुटानलाइ ७-० गोल अन्तरले पराजित गरेको थियो । नेपालले आज घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहान्छ ।

गतवर्ष यु–१५ साफ महिला च्यायम्पियन्सिप जितेको नेपालका लागि यु–१६ मा पनि च्याम्पियन बन्ने दबाब छ । नेपाली टिमका प्रशिक्षक चक्र तामाङ नेपाललाई घरेलु मैदान फाइदा हुने भएकाले बंगलादेशविरुद्ध सहज जित निकाल्ने बताउँछन् । फागुन २७ गतेसम्म हुने प्रतियोगितामा लिगका शीर्ष २ टिमले फाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्