Logo
Logo

नेदरल्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्दै



काठमाडौं । जारी त्रिकोणात्मक जारी ट्राइनेशन टी–२० आई सिरिजमा नेपालले नेदरल्याण्डविरुद्ध पहिला बलिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।

यसअघि सिरिजमा नेपालले नामिबिया र नेदरल्याण्डसँग समान १–१ हार बेहोरेको छ । यसबाहेक शुक्रबार भएको खेलमा भने नामिबियाविरुद्ध ३ रनको रोमाञ्चक जित निकालेर २ अंक बटुल्दै प्रतियोगिताको दोस्रो स्थानमा छ ।

सिरिजको २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक बटुलेको नेदरल्याण्ड्सविरुद्ध जित निकालेमा नेपालको फाइनल यात्राको सम्भावना बलियो बन्नेछ । त्यसैले नेपाललाई आज जित्नैपर्ने दवाव छ ।

आजको खेलमा नेपालले हार बेहोरेको खण्डमा भने फाइनल पुग्न नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । नेपालमा आइसिसी लिग–२ खेल्न आएका नामिबिया र नेदरल्याण्ड्सले यही वर्ष अमेरिका र क्यानडामा हुने विश्वकप प्रतियोगिताको तयारीस्वरुप सिरिज खेलिरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्