Logo
Logo

त्रिशूली बस दुर्घटनामा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


378
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गजुरी नजिकै त्रिशूली नदीमा बस खस्दा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले ६ जनाको ज्यान जाने गरी भएको दुर्घटनाबाट आफू दुःखी भएको बताएका हुन् ।

‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस गजुरीस्थित त्रिशूली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुस्खी तुल्याएको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले लेखेका छन् ।

उद्धार तथा घाइतेको उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रधानमन्त्री प्रचण्डले प्रशासन संयन्त्रलाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्