Logo
Logo

भाटभटेनीको २७औं स्टोर दमकमा


756
Shares

काठमाडौं । भाटभटेनी सुपर स्टोरले झापाको दमकमा २७ औँ स्टोर स्थापना गरेको छ । भाटभटेनीले आजदेखि दमक–९ स्थित चिया दोकान चोकमा १५० करोड लगानीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । यो स्टोरमा स्थानीय तीन सय जनालाई रोजगारी दिइएको छ ।

पूर्वमा बिर्तामोडसहित धरान, विराटनगर तथा इटहरीमा यसअघि नै भाटभटेनी स्टोर सञ्चालनमा छन् । स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, फूडकोर्ट, सिनेमा हल तथा बालबालिकाको मनोरञ्जनस्थल सुविधा रहेको भाटभटेनीले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000