Logo
Logo

लुम्बिनी सरकारबाट माओवादीका दुई मन्त्री बर्खास्त


945
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका धनबहादुर मास्की राना र शहरी विकास मन्त्री कृष्णा केसी नमुनालाई बरखास्त गरेका हुन् ।

मुख्यमन्त्री चौधरी कांग्रेसका हुन् । उनले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरिएको मुख्यमन्त्री कार्यलयले पुष्टि गरेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रमा गठबन्धन ताड्दै नयाँ मन्त्रिपरिषद विस्तार गरेपछि कांग्रेसले पनि लुम्बिनीमा माओवादीका मन्त्रीहरुलाई सरकारबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस्