
काठमाडौं । तत्काल सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीले बताएको छ । बुधबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष रेशम चौधरीले अहिलेलाई सत्ता गठबन्धनमा सहभागी नहुने जनाकारी गराएका हुन् ।
‘नागरिक उन्मुक्ति पार्टीको सांसद संख्या थोरैमात्र छ, हामी अहिले नै सरकारमा सहभागी हुँदैनौ’, उनल् भने, ‘अबको सत्ता गठबन्धनमा हामी धेरै विचार विमर्श गरी विवेक पुर्याएर मात्रै सहभागी हुनुपर्नेहुन्छ ।
यसअघिको गठबन्धन सरकारमा नागरिक उन्मुक्ति पार्टीकी तत्कालीन अध्यक्ष समेत रहेका रञ्जिता चौधरी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिए ।














