
काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसालले छलफल गरेपछि एकीकृत समाजवादीले मन्त्री र मन्त्रालय टुंगो लगाएको हो ।
एकीकृत समाजवादीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोसी र शहरी विकास मन्त्रालयमा धनबहादुर बुढालाई पठाउने निर्णय गरेको छ ।
आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा जाने/नजाने निर्णय गर्न तीन नेतालाई जिम्मा दिएको थियो । अध्यक्ष नेपाल, उपाध्यक्ष हमाल र महासचिव भुसालले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि सरकारमा जाने निर्णय गरेको हो ।
यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले अध्यक्ष नेपालको घरमा पुगेर सत्ता गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए ।














