Logo
Logo

संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची


945
Shares

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्यिरसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ । राष्ट्रियसभा बैठकमा पनि राष्ट्रपतिको कार्यालयबाट मन्त्री नियुक्ति र कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकसेवा आयोगको ६४ औं प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्