Logo
Logo

सङ्गठित पार्टी सदस्यको विवरण पठाउन जसपाको परिपत्र


1.8k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले तोकिएको समयमै महाधिवेशन सम्पन्न गर्न सङ्गठित पार्टी सदस्यको विवरण पार्टी केन्द्रीय कार्यालयमा पठाउन मातहत समितिलाई परिपत्र जारी गरेको छ ।

फागुन २३ र २४ गते पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र १० गतेसम्म सङ्गठित पार्टी सदस्यको विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्णय भएबमोजिम मातहत समितिलाई बिहीबार परिपत्र जारी गरेको हो ।

विभिन्न पार्टी समिति तथा सङ्गठनहरूबाट सङ्गठित पार्टी सदस्य वितरण र नवीकरण सम्पन्न गरी सो विवरण पठाउन केही समयावधि थप गर्न माग भएबमोजिम पार्टीले सो निर्णय गरेको हो ।

उक्त समयावधिमा सदस्यताको विवरण नपठाएको खण्डमा महाधिवेशन प्रक्रियामा भागेदारी हुने सम्भावना नरहने ब्यहोरा समेत जानकारी गराइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

सदस्यहरूको रेकर्ड अद्यावधिक गर्नको लागि सङ्गठित पार्टी सदस्यको विवरण (सफ्ट कपी) समेत उपलब्ध गराउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्