
काठमाडौं । चर्चित गायिका समीक्षा अधिकारीले आफुलाई पटकपटक मार्न खोजेको तर हिम्मत नहारेको बताएकी छन् । नारी दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सम्पूर्ण दिदबिहिनीहरुलाई हिम्मत नहारी अप्ठ्यारा परिस्थितिको सामना गर्न आग्रह गरेकी छन् ।
पखेटा फिँजार उड्न चाहँदा आफूलाई बतास बनेर उडाएर लैजान खोज्नेहरु धेरै भेटिएको र त्यसबाट आफूले ठूलो शिक्षा प्राप्त गरेको उनले बताएकी छन् । आफूले धेरै अप्ठ्यारा परिस्थितिको सामना गरेर अघि बढेकाले आजभोलि आफू लडाकु जस्तै बनेको समीक्षाले बताएकी छिन् ।
‘यो लेख्दै गर्दा गाउँमा ममीले घाँस काट्दै हुनुहुन्छ होला। बिहान–बेलुकीको घरधन्दा, गाईबस्तु र छोराछोरी। मेरो परिवारको धेरै ठूला सपनाहरु थिएनन्। छैनन् पनि। साँघुरो सपनाहरुबाट फैलिन चाहनु मेरो के गल्ति थियो र?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म त पखेटा फिँजाएर उड्न चाहन्थेँ। तर, बतास बनि कतै उडाएर लैजान खोज्ने धेरै भेटिए ।’
नेपाली समाजमा छोरी र नारीलाई हेर्ने दृष्टिकोण नफेरिएको भन्दै उनले अन्याय, अच्याचार नसहन पनि आग्रह गरेकी छन् ।
‘समाजप्रतिको चेतना आएदेखि मलाई यो समाजले तँ नारी होस्, छोरी भन्ने भान पटक पटक पा¥यो। धेरै पटक मा¥यो। तर पनि उठेँ। हिम्मत हारिनँ। हार्ने पनि छैन। आजभोलि त मलाई म लडाकु जस्तै लाग्छ। अन्याय जति सह्यो त्यति नै हेपिनुपर्दो रहेछ। त्यसैले अन्यायकाबिरुद्ध लड्ने तागत सम्पूर्ण महिलाहरुमा आफैँबाट आवोस् भन्ने कामना–सुझावसहित अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण दिदीबहिनी, आमा–आन्टीहरुमा शुभकामना व्यक्त गर्दछु!’














