Logo
Logo

महिलाका संवैधानिक अधिकार सुनिश्चित गरिनुपर्छ : माधव नेपाल


378
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकासका लागि महिलाका संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्ष नेपालले ११४औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै राज्यका सबै निकायमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका साथै राष्ट्र निर्माणमा उनीहरूलाई अग्रसर हुने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

समाजमा विद्यमान सबै प्रकारका भेदभावको अन्त्यगरी जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उनले विविधताले भरिएको मुलुकमा सामाजिक एकता कायम गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेद बाधक रहेकाले यसको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेता नेपालले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा महिलाको प्रतिनिधित्व सुनिश्चित गरी देशमा सामाजिक रुपान्तरण गर्न सकिने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले देशमा विभिन्न समयमा भएका जनआन्दोलनमा महिला वर्गको सहभागिता र योगदानबाट राजनीतिक क्रान्ति पूरा गरिएको भन्दै उनीहरुलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको बताएका छन् । आज विश्वभर ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्