Logo
Logo

त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज हङकङसँग लेख्दै



काठमाडौं । त्रिकोणात्मक टी २० शृङ्खलामा नेपाली टोलीले आज घरेलु टिम हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

त्यसअघि नेपालले हिजो हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्