Logo
Logo

प्रहरीले माग्यो धरान र धनगढीका स्कुलमा प्राचार्य, यस्ता छन् योग्यता



काठमाडौं । नेपाल प्रहरीले दुईवटा स्कुलका लागि प्राचार्य माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले सुनसरीको धरान र कैलालीको धनगढीमा सञ्चालित नेपाल पुलिस स्कुलका लागि प्राचार्य माग गरेको हो ।

प्राचार्य प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गर्न लागिएको प्रहरीले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी चैत ११ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्