Logo
Logo

हङकङविरूद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं । त्रिकोणात्मक टी–२० आई शृंखलाअन्तर्गत हङकङविरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । हङकङमा आजदेखि सुरू भएको त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

सिरिजअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । शनिबार भएको उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो ।

सरिजमा रोहित कुमार पौडेलको कप्तानीमा कुशल भुर्तेल, बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन् । दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी समावेश छैनन् ।

प्लेइङ इलाभेनमा रोहित पौडेल, विनोद भण्डारी, कुशल भूर्तेल, आशिफ शेख, गुल्सन झा, विवेक यादव, सन्दीप जोरा, लोकेश बम, प्रतिश जिसी, करण केसी र अभिनाश बोहरा छन् ।

प्रतिक्रिया दिनुहोस्