
सुनसरी । भुजेल समाज सेवा समिति कोशी प्रदेश समितिको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले पुनः नारायण भुजेल अध्यक्ष रहनेगरी नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा चिरञ्जीवी खवास, उपाध्यक्षमा शुसिला भुजेल चयन भएका छन् ।
यस्तै समितिको कोषाध्यक्षमा बिना भुजेल, सह–सचीवमा उमेश भुजेल, सदस्यहरुमा पवित्रा भुजेल, डम्बर खवास, लक्ष्मी भुजेल, सुमन भुजेल, गर्जमान भुजेल, विनोद भुजेल, केशव भुजेल, सरोजकुमार भुजेल लगाएत चयन भएका छन् । सचीव भने पछि घोषणा गरिने छ ।
अध्यक्षमा चयन भएपछि नारायण भुजेलले आफू भुजेल समुदायको हक, अधिकार र पहिचानको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिवद्धता जनाए । उनले भुजेल समुदायको मौलिक परम्परा र संस्कारलाई जगेर्ना गर्नका लागि पहल गर्ने बताए ।
नारायणले भुजेलहरुलाई एकीकृत भएर समाजलाई सुन्दर बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत दिए । भुजेल समाज सेवा समिति कोशी प्रदेशमा नारायणको दोस्रो कार्यकाल हो ।














