
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई सिंहदरबारमा बोलाएका छन् ।
मिटरब्याज पीडितसँग वार्ता गर्न मन्त्रालयले यसअघि सहसचिवको नेतृत्वमा समिति बनाए पनि अहिले उपप्रधानमन्त्री लामिछाने स्वयंले संवाद थालेका हुन् ।
लामिछानेको सचिवालय स्रोतका अनुसार, छलफलमा वार्ता टोली संयोजक एवं शान्ति सुरक्षा महाशाखा प्रमुख नारायणप्रसाद भट्टराई पनि सहभागी छन् ।
‘लामो समयदेखि उहाँहरु प्रदर्शनमा रहनुभएकाले मन्त्रीज्यू आफैंले उहाँहरुको कुरा सुन्न बोलाउनुभएको हो’, सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीज्यूले उहाँहरुको ६ बुँदे माग सुनिसक्नुभएको छ ।’














