
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्र पुनमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
लामिछानेको सचिवालयका प्रतिभा रावलका अनुसार, पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विवरण आएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर छानबिन गर्न निर्देशन दिइएको हो ।
‘गृहमन्त्रीज्यूले आईजीपी सा’बलाई बोलाएर छानबिन गर्न निर्देशन दिनुभएको छ’, उनले भने, ‘बाहिर आएका विषयहरु के–के हुन्, त्यसबारे बुझेर अनुसन्धान अघि बढाउन भन्नुभएको छ ।’














