Logo
Logo

सञ्चार मन्त्रालयले माग्यो साइबर सुरक्षा विधेयकमा सुझाव


189
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रवर्धन र विकास एवं नियमन सम्बन्धमा सुझाव सङ्कलन गर्न थालेको छ ।

विद्युतीय अभिलेख, हस्ताक्षर सम्बन्धी मान्यता एवं सत्य र विश्वसनीय बनाउनका लागि विद्युतीय माध्यममार्फत सार्वजनिक सेवा दिने उद्देश्यसाथ सरकारले तयार पारको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामाथि सुझाव माग गरेको हो ।

सार्वजनिक राय सुझावका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइटमा राखेर १५ दिनभित्र आवश्यक सुझाव उपलब्ध गराउन सबैका लागि आग्रह गरेको छ । साइबर सुरक्षाका सन्दर्भमा उठेका प्रश्नको समाधान खोज्ने उद्देश्यसाथ विधेयकको मस्यौदा तयार गरेको मन्त्रालयले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस्