Logo
Logo

बझाङमा १७ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ


630
Shares

काठमाडौं । बझाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेको हो ।

फागुन ११ गते दिउँसो ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ । गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्की सहित जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

किशोरीका परिवारले जाहेरी दिएको केही समयमै बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए ।

पकाउ परेका बोहरामाथि जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्